समाचार

म लिम्बूलाई नेपाल बचाउन हिन्दू राष्ट्र चाहियो, राज्य धर्मनिरपेक्ष रहन कदापी सक्दैनः राजेन्द्र लिङ्गदेन

काठमाडाैं, ४ बैशाख । नेपाली जनताको मतलाई प्रतिशतमा भाग लगाउदा १९ प्रतिशतसम्म मत पाएको राप्रपा पार्टी आज स्थानीय, प्रादेशिक र प्रतिनिधि सभाको निर्बाचनसम्ममा आइपुग्दा कहाँ छ भनेर खोज्नु पर्ने अवस्थाको सिर्जना भएको छ ।  तैपनि राप्रपाका महामन्त्री राजेन्द्र लिंग्देन स्थानीय स्तरमा लोकप्रिय छन् ।  त्यसैको परिणाम उनले प्रतिनिधिसभाको चुनावमा विजय पनि हासिल गरे ।  अस्तित्वकै खतरा भएको पार्टीलाई तपाइले किन कुरेर बसिरहनु भएको छ भनेर सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा उनले यसाे भने–

निर्बाचनमा राप्रपाले जुन मत परिणाम हासिल गर्यो त्यसको कारणले राष्ट्रिय  प्रजातन्त्र पार्टीको अस्तित्व समाप्त भएको छैन ।  एउटा चुनाव हार्दैमा कुनै पनि मुद्धाको समाप्ति भयो वा अब त्यो पार्टी उठ्दैन भन्ने कुरा हैन । हामीले जुन मुद्धा उठाएका छौं यो देशी मुद्धा हो. फेरी पनि यो पार्टी बलियो भएर जान्छ ।  हामीले के बुझ्नु जरुरी छ भने , मैले जितेको बाटै स्थानीय स्तरमा हामीले गाउँपलिकहरुमा पनि जित्न सकेका छौं ।  त्यसबाट पनि के बुझ्न सकेका छौं ठिक तवरले यो पार्टीको विचारलाई तल्लो तहसम्म लान सक्यो भने, ठिक तहले जनतालाई बुझाउन सक्यो भने यो विचार अहिले पनि बिक्छ ।  अहिले पनि जनताले मन पराउने विचार हो भन्ने मैले प्रमाणित गरेको छु ।

अघिल्लो पुस्ता पार्टी भित्र जुट्ने, फुट्ने , जुट्ने र फेरि फुट्ने प्रक्रियामै अल्झिरह्यो जसले गर्दा संगठनलाई हामीले पार्टीलाई जनतासम्म लान सकेनौ. जनताले हामीले गर्न खोजेको कुरा नै थाहा पाएनन्.जसको लागि हामीले काम गर्न चाहेका थियौं हामीले हाम्रो विचार उसैलाई पनि बुझाउन सकेनौ ।  हामीले हिन्दु राष्ट्रको कुरा गर्यौं, हिन्दु धर्ममा विश्वाश गर्ने मानिसहरु, कर्मकाण्डमा विश्वाश गर्ने मानिसहरु, भजन किर्तन गरेर बस्नेहरुको समेत हामीले भोट पाउन सकेनौं ।  हामीले राजा सहितको प्रजातन्त्रको कुरा गर्यौं तर यो  मुलुकमा राजा चाहिन्छ भनेर हामी भन्दा पनि चर्को ढंगले उफ्रेर हिड्नेहरुकै  भोट हामीले पाउन सकेनौ भने पछी हामीले उनीहरुलाई नै ठिक ढंगले बुझाउन सकेनौं, दोष उनीहरु हैन हामीहरु नै हौँ, हाम्रो नेतृत्व हो ।आगामी दिनमा हामी यसलाई सच्याएर जानेछौं ।

धर्म निरपेक्षताको गलत ब्याख्या गरियो । यसको बारेमा मैले धेरै कुरा भनिरहनै  पर्दैन किनकि धर्म निरपेक्षताको बारेमा धेरै बहस र छलफल भएको छ ।  म यतिमात्र भन्छु, हामीले धर्म केलाई भन्छौं ? म यसको ठूलो व्याख्याता त हैन तैपनि मैले बुझे अनुसार धर्मको कहीं पनि नकारात्मक ब्याख्या हुँदैन ।  धर्म भन्ने बित्तिकै राम्रो, सत्य र लोककल्याणसंग सम्बन्धित छ ।  धर्म भनेकै अर्काको भलो, अर्काको राम्रोसंग सम्बन्धित छ तर भलो, राम्रो र सत्यसँग राज्य निरपेक्ष हुनसक्छ ? …… यो जुन व्याख्या गरिएको छ नितान्त गलत ब्याख्या गरिएको छ । विस्तृत भिडियाेबाटै…

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट