खेलकुद

याे सिजनमा म्यान्चेष्टर युनाइटेडकाे पहिलाे पराजय

काठमाडौं, ५ कार्तिक । इंग्लिस प्रिमियर लिगको अन्तर्गत यो सिजनमा अपराजित रहँदै आएको म्यानचेस्टर युनाइटेडले हर्डस्फिल्ड टाउनसँग पहिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा हर्डस््फिल्ड टाउनले म्यानचेस्टर युनाइटेडलाई २–१ को गोल अन्तरले हराउन सफल भएको हो ।

हर्डस्फल्डका लागि आरोन मोयले खेलको २९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । मोयले युनाइटेडका गोलरक्षक डेभिड डे गेयाबाट रिबाउन्ड भएर आएको बललाई गोलमा परिणत गरेका थिए । लरेन्ट डेपोएट्रेले हर्डस्फिल्डका लागि दोस्रो गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडका तर्फबाट भने मार्कोस रासफोर्डले ७८ औँ मिनेटमा एक गोल फर्काएका थिए । सन् १९५२ पछि हर्डस्फिल्डले म्यानचेस्टर युनाइटेडविरुद्ध पहिलो जित हात पारेको हो । शनिबारको खेलपछि म्यानचेस्टर युनाइटेड अंक तालिकामा म्यानचेस्टर सिटीभन्दा पाँच अंकले पछाडि परेको छ । ९ खेलबाट युनाइटेडको २० अंक रहेको छ भने समान खेलबाट सिटीको २५ अंक रहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा