खेलकुद

अमलाको अभिजित शतक खेर, इण्डियन्सको शानदार जित

काठमाडौं, ८ बैशाख । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बिहीबार राति मुम्बई इण्डियन्स र किंग्स इलेभेन पञ्जाबीचको खेल निकै नै रोमान्चक बन्यो ।

पहिले व्याटिङ गरेको पञ्जाबले १ सय ९९ रनको विजयी लक्ष्य दिएको थियो । जसका लागि ओपनरमा आएका हसिम अमलाले ६० बलमा अविजित १ सय ४ रन बनाएका थिए । तर, इण्डियन्सको विस्फोटक व्याटिङका सामु अमलाको अभिजित सतक खेर गयो ।

यो सिजनको आइपिएलमा सबैभन्दा प्रभावशाली ब्याटिङ गरेको मुम्बईले २७ बल खेल्न बाँकी छँदै पञ्जावले दिएको १ सय ९९ रनको लक्ष्य भेट्टाएको हो । जितसँगै मुम्बई इन्डियन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ६ खेल खेलेको मुम्बईको १० अंक रहेको छ । दोस्रोमा रहेको कोलकत्ताको ५ खेलमा ८ अंक रहेको छ ।

बिहीबारको खेलमा मुम्बईका पार्थिव पटेलले १८ बलमा ३७ रन, जस बटलरले ३७ बलमा ७७ रन र नितिश रानाले ३४ बलमा अविजित ६२ रन बनाए । पञ्जावका मोहित शर्मा र मार्कस स्टोइनिसले एक एक विकेट लिए ।

यसअघि टस हारेपछि पहिले व्याटिङ गर्न आएको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट जाँदा १ सय ९८ रन बनाएको थियो । पञ्जावका लागि ओपनर आएका हसिम अमलाले ६० बलमा अविजित १ सय ४ रन बनाएका थिए । यस्तै सौन मार्सले २१ बलमा २६ रन, ऋद्धिमन शाहले १५ बलमा ११ रन साथै ग्लेन म्याक्सवेलले १८ बलमा ४० रन बनाएका थिए । मुम्बईका मिचेल म्याक्लेनेगनले दुई साथै कुर्नाल पाण्डेयले जसप्रित बुम्राहले एक एक विकेट लिएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा