खेलकुद

आइसीसीबाट एपीएल अमान्य घोषित

काठमाडौं, ९ असार । वैधानिकतालाई लिएर प्रतियोगिता सुरू हुनु अघिनै विवादमा तानिएर शंकास्पद रूपमा नेपाल भित्रिएको एसियन प्रिमियर लिग (एपीएल) ट्वान्टी–२०लाई विश्व क्रिकेटको सर्वोच्च संस्था आइसीसीले अमान्य घोषित गरेको छ।

फ्रेन्चाइज टोलीले प्रतिस्र्धा गरिरहेको एपीएल सोमबारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भइरहेको छ। प्रतियोगितामा इन्डियन स्टार्स, नेपाल स्ट्रोम, बंगालदेश टाइगर्स, अफगानिस्तान बुल्स, श्रीलंकन लायन्स र दुबई वारियर्सले फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

भारतको चण्डीगढस्थित अल्टिमेट स्पोर्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताका सबै खेलको भारतीय टेलिभिजन च्यानल सोनी सिक्सले प्रत्यक्ष प्रशारण गरिरहेको छ। जुलाई ११ मा नेपाली सञ्चार माध्यमलाई बोलाउँदै एकाएक एपिएलको लन्ज गरिएको थियो।

त्यसको भोलिपल्ट आइसीसीका सिनियर क्रिकेट अप्रेसन म्यानेजर क्लाइभ हिचककले आफ्ना सदस्य राष्ट्रलाई लेखेको पत्रमा भनिएको छ,‘ आइसीसी कार्यक्रम स्वीकृति नीति अन्तर्गत यो एपिएल नपर्ने जानकारी गराउँछौ।’

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा