खेलकुद

आइसीसी विश्व क्रिकेट लिग को लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

काठमाडौ, २४ कात्तिक । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईस“गको खेलका लागि नेपाली युवा राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण हिजोबाट सुरु भएको छ ।
आगामी मंसीर २० र २२ गते अबुधावीको शेख जायद मैदानमा हुने युएई विरुद्धको खेलका लागि २८ खेलाडी प्रारम्भिक छनौटमा परेका थिए । आइसीसीका प्रतिनिधि अमिनुल स्लाम, नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाट्टा र कप्तान पारस खड्काको छनौट समितिले खेलाडीहरु छनौट गरेको हो ।

२८ मध्ये २६ खेलाडीहरु बन्द प्रशिक्षणमा सहभागी छन । हिजोबाट सुरु भएको यु नाइन्टीन एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने दुई खेलाडीलाई प्रशिक्षणमा समावेश गरिनेछ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगतको प्रतियोगितमा दोस्रो डिभिजनमा झरेको नेपालले युएईस“गको खेलमा आफ्नो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा