खेलकुद

आईपीएलमा सन्दीपको अग्नीपरीक्षा, पहिलो खेलमै खेल्लान् ?

काठमाडौं । पहिलो पटक नेपालबाट आईपीएलमा सहभागीता जनाउँदै गरेका नेपालका क्रिकेटर सन्दीप लामिछानेले सम्भवतः आइतबार दिल्ली डेयरडेभिल्सबाट खेल्न पाउने छन् ।

शनिबाररातिदेखि सुरु भएको यो आईपीएल क्रिकेटको नयाँ सिजनको दोस्रो खेलमै सन्दीपको दिल्लीले खेल्न लागेको हो । नेपाली समयअनुसार दिउँसाे मोहालीमा किंगस इलाभेन पञ्जाबसंग दिल्लीले खेल्दैछ ।

सन्दीपले पहिलो खेलमा खेल्न पाउँछन् कि पाउँदैनन् । यो टिममा निर्भर पर्ने विषय बनेको छ ।

दिल्लीले प्रायः ब्याटिङ लाइन बलियो राख्छ । त्यसअर्थमा पाँच ब्याट्सम्यान राख्यो भने दुई जना अलराउण्डर र बाँकी ४ जना बलर हुनेछन् ।

यसमा दुई जना फास्ट बलर र दुई जना स्पिन बलर हुनेछन् । त्यसमध्ये एक जना अमित हुनेमा शंका छैन । भारतकै १७ वर्षे अभिशेष शर्मा, २८ वर्षे जयन्त यादव र २८ वर्षे सहबाज नदीम सन्दीपका लागि तगारो बन्न सक्छन् ।

यदि यी तीनमध्ये कसैलाई अवसर नदिई रिक्की पोन्टिङ र गौतम गाम्भीरले सन्दीपलाई छाने भने यो खेल सन्दीपका लागि निकै महत्वपूर्ण हुनेछ ।

रिक्की पोन्टिङले केही दिनअघि पहिलो खेलमै सन्दीपले डेब्यू गर्न सक्ने बताएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. webcam streaming says:

    Major thanks for the post.Thanks Again. Will read on…

    https://webcamstreaming.jimdo.com/2018/03/20/live-webcam-girlz/

  2. tri-cities real estate says:

    Thank you ever so for you article post.Thanks Again. Awesome.

    http://www.tri-cityherald.com/news/local/news-columns-blogs/article31757694.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा