खेलकुद

आईसीसी महिला टी ट्वान्टी क्रिकेट– नेपालले थाइल्याण्डको सामना गर्दै

काठमाडौ, ४ मंसीर । आईसीसी महिला टी ट्वान्टी एसिया क्वालीफायर खेल अन्तर्गत नेपालले आज पहिलो खेलमा आयोजक थाईल्याण्डको सामना गर्दैछ ।

आईसीसी महिला टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत एसियन क्षेत्रको क्वालीफायर खेल आजबाट थाईल्याण्डमा शुरु भएको हो ।

नेपाल र थाईल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउसो सवा तीन बजेबाट बैङ्ककको टेर्डथाई क्रिकेट मैदानमा हुनेछ । एक हप्तासम्म चल्ने छनौट खेलमा नेपाल सहित हङकङ, चाईना, थाईल्याण्ड, युएइ र मलेसिया सहभागी छन् ।

एसिया छनौटबाट उत्कृष्ट दुई राष्ट्र अर्को वर्ष नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफायर प्रतिस्पर्धाका लागि छनौट हुनेछन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा