खेलकुद

इंग्लिस प्रिमियर लिगको उपाधि चेल्सीले जित्यो

काठमाडौं, ३० बैशाख । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै चेल्सीले दुई खेल अघि नै लिगको उपाधी जितेको हो । चेल्सीको जितमा मिसी बात्सुईले खेलको अन्तिम तिर गरेको गोल निर्णयक बन्यो । अवे मैदानमा भएको खेलमा चेल्सी पहिलो हाफमा गोल रहित बराबरीमा रोकियो । दोस्रो हाफमा पनि गोल गर्न निकै संघर्ष गर्नु पर्‍यो ।

तर सबस्टिच्युडको रुपमा मैदान आएका बात्सुईले ८२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाए । एन्टोनी कोन्टेको टिम चेल्सीका लागि विजयी गोल गरेका बात्सुई यही सिजन मार्सेइलीबाट चेल्सी आएका हुन् । लिगका दुई खेल बाँकी हुँदै उपाधि जितेको चेल्सीको ८७ अंक भएको छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको तीन खेल बाँकी हुँदा ७७ अंक छ ।

चेल्सीले पछिल्लो तीन सिजनमा दोस्रो पटक लिगको उपाधि जितेको हो । उसले सन् २०१४–१५ को सिजनमा पनि उपाधि जितेको थियो । गएको सिजन खराब प्रदर्शन गरेको चेल्सीले यो सिजन भने सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्दै आएको थियो । प्रिमियर लिगको उपाधि जितेको चेल्सीले अर्को उपाधिको पनि तयारी गरेको छ । चेल्सीले यही मे २७ मा एफए कपको उपाधिका लागि आर्सनलसँग खेल्दै छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. dig this says:

    557432 478728Outstanding read, I just passed this onto a friend who was doing some research on that. And he really bought me lunch since I discovered it for him smile So let me rephrase that: Thank you for lunch! 868072

  2. 133001 61339Hello, Neat post. Theres an problem together together with your web site in web explorer, may check this? IE still will be the marketplace leader and a huge component to folks will omit your fantastic writing because of this issue. 616552

  3. 800182 421360Considerably, the story is in reality the greatest on this noteworthy topic. I agree together with your conclusions and will eagerly watch forward to your next updates. Saying nice one will not just be sufficient, for the fantastic clarity inside your writing. I will immediately grab your rss feed to stay privy of any updates! 963832

  4. seedbox says:

    757593 89180Hmm is anyone else experiencing difficulties with the images on this weblog loading? Im trying to locate out if its a difficulty on my finish or if it is the weblog. Any feed-back would be greatly appreciated. 489560

Leave a Reply to GVK Biosciences Cancel reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा