खेलकुद

इंग्लिस फुटबल स्टार रुनीलाइ सवारी साधन चलाउन २ बर्ष प्रतिबन्ध

एजेन्सि, ३ असोज । रक्सीको नसामा गाडी चलाएको आरोपमा इंग्लिस फुटबल स्टार वायने रुनीलाई २ वर्ष कुनै पनि सवारी साधन चलाउन नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।
इंग्ल्यान्डको स्टोकपोर्ट जिल्ला अदालतले रुनीमाथि खराब आचरण देखाएको आरोपमा उनलाई गाडी चलाउन प्रतिबन्ध लगाउने फैसला सुनाएको हो ।
इंग्ल्यान्डका पूर्व कप्तान रुनीले १ सेप्टेम्बरमा अत्याधिक मदिरा सेवन गर्दै गाडी हांकेको अवस्थामा चेसायरको विल्मस्लोमा पक्राउ परेका थिए । ३१ वर्षीय रुनीलाई एक वर्ष्भित्र निःशुल्क सय घण्टा सामुदायिक काम गर्न पनि अदालतले आदेश दिएको छ।
उनलाई दण्डवापत १ सय ७० पाउन्डको आर्थिक सजाय पनि सुनाइएको थियो। रुनीले ३ पल्ट ट्राफिक नियम उल्लङ्घन गरेको आधारमा अदालतले यो निर्णय सुनाएको हो।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा