खेलकुद

इंग्ल्याण्ड, डेनमार्क र अस्ट्रिया सेमिफाइनलमा

एजेन्सी, १६ साउन । इंग्ल्याण्ड, डेनमार्क र अस्ट्रिया महिला युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार राति भएको खेलमा फ्रान्सलाई १–० ले हराउँदै इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो । इंग्ल्याण्डको जितमा जोडी टेलरले ६० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

 

इंग्ल्याण्डले अब फाइनल प्रवेशका लागि आयोजक नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्ने छ । राति नै भएको अर्को खेलमा स्पेनलाई टाइब्रेकरमा ५–३ ले हराउँदै अस्ट्रियाले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

 

निर्धारित र थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । त्यसअघि भएको खेलमा डेनमार्कले जर्मनीलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।

यो हारसँगै सातौं पटक उपाधि जित्ने जर्मनीको सपना टुटेको छ । फाइनल प्रवेशका लागि अब डेनमार्क र अस्ट्रियाबिच प्रतिस्पर्धा हुनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा