खेलकुद

इटहरी गोल्डकपको उपाधि थ्रिस्टार क्लवले जित्यो

ध्रुव ढकाल । सुनसरी, १३ माघ । मनाङ मस्र्याङदी क्लब काठमाण्डौलाई हराउँदै थ्रिस्टार क्लब काठमाण्डौले इटहरीमा भएको मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधी चुमेको छ । थ्रिस्टारले मनाङलाई ० –१ गोलले हराउदै फाईनलमा थ्रिस्टारले उपाधी चुमेको हो । यो सँगै थ्रिस्टारले १२ लाख नगद सहित २.५ तोला सुन र ८० तोला चाँदिबाट निर्मित ट्रफि हात पारेको छ ।

राष्ट्रिय खेलाडीले भरीभराउ मनाङ र थ्रिस्टार बिच शनिवार भएको फाईनल खेल रोचक वनेको थियो । करीब १० हजार दर्शकले भरीभराउ इटहरीको रंगशालमा भएको खेलमा पहिलो हाफको ३६ औ मिनेटमा थ्रिस्टारका स्टाईगर बुद्ध चेम्जोङको उत्कृष्ट प्रहारले जाली चुमेको थियो । चेम्जोङको प्रहार नै निर्णयक बन्न पुग्यो । एक गोलले पछि परेको मनाङले वारम्वार गोल गर्ने प्रयास गरे पनि गोल हुन सकेन । थ्रिस्टार र मनाङ विच भएको प्रतियोगिता निकै रोमाञ्चक भएको थियो ।

खप्तड गोल्डकपमा क्वाटरबाटै पराजय भोगेर फर्किएको थ्रिस्टारले इटहरी गोल्डकपमा भने सफलता हासिल गरेको हो । विभागिय टिम त्रिभुवन आर्मी क्लवलाई पराजित गरेर फाईनलको यात्रा तय गरेको थ्रिस्टारले मनाङलाई जित्दै गोल्डकपको उपाधी हात पारेको हो । दुबै टिममा राष्ट्रिय खेलाडी भरिभराउ थिए । त्यसका अलवा विदेशी खेलाडी पनि । थ्रिस्टारमा ६ जना राष्ट्रिय खेलाडी आवद्ध थिए । त्यो हिसावले थ्रिस्टार शसक्त मान्नुपर्छ । तर, मनाङमा पनि ५ जना राष्ट्रिय खेलाडी थिए । दुबै टिममा तीन–तीन जना अफ्रिकन खेलाडीहरु सम्मिलित थिए ।

Manang

थ्रिस्टारबाट सर्वाधिक चर्चाका विमल घर्ती मगर, सुनिल बल फ्रन्टमा देखिएका थिए । रजिन धिमाल, बिक्रम लामा, अनन्त तामाङ, बुद्ध चेम्जोङ, निराजन खड्का, विजय धिमाललगायतका खेलाडी थ्रि स्टारबार खेलेका थिए । दुबै टिम ४–४–२ को फर्मेसनमा मैदानमा उत्रिएको थियो ।

यो सिजनमा मनाङले ‘दुहवी गोल्डकप, नारायणघाटको जेसिज गोल्डकप’ उचाल्यो । तर इटहरीमा भएको सर्वाधिक राशीको मदन भण्डारी इटहरी गोल्डकपमा भने उपविजेतामा चित्त बुझाउँनु परेको छ । गत बर्ष मनाङले सर्वाधिक चर्चाको खप्तड र आहा–रारासहित चारवटा गोल्डकप उचालेको थियो । शनिवार भएको फाईनल खेलको म्यान अफ द म्याच थ्रिस्टारका बुद्ध चेम्जोङ घोषित भए ।

उनले नगद १० हजार पाए । प्रतियोगिताका सर्वेकृष्ट खेलाडी थ्रिस्टारका अनन्त तामाङ घोषित भए । उनले २५ हजार नगद सहित ४२ इन्चको टिभि प्राप्त गरे । वेष्ट गोलकिपरम थ्रिस्टारका एलिन न्यौपाने घोषित भए , उनले नगद २० हजार पाए । वेष्ट डिफेण्डमा मनाङका विराज मर्हजन घोषित भए उनले नगद २० हजार पाए ।

वेष्ट मिडफिल्डरमा मनाङका हेमन गुरुङ भए उनले पनि नगद २० हजार पाए । वेष्ट फरर्वडमा थ्रिस्टारका माटेन घोषित भए उनले नगद २० हजार पाए । हाईस्कोरको उपाधीमा भने सुजन श्रेष्ठ र माटेनले खेलअवधीभर वरावरी गोल गरे पछि १५÷१५ हजार नगद पाए । वेष्ट कोचमा थ्रिस्टारका मेघराज केशी घोषित भए उनले नगद २० हजार पाए । त्यस्तै दर्शक अविनाश लिम्वुले टिकट काट्ने मध्येको लक्की ड्र मार्फत ३२ इन्चको टिभि पाए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा