खेलकुद

इटहरी गोल्डकपको रौनक

इटहरी, २२ फागुन । ११औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा काकरभिट्टा फुटवल ट्रेनिङ सेन्टर सेमिफाईनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा  काकरभिट्टाले जि बि आर मंगलवारे लाई तिन शुन्यले पछि पार्दै आफ्नो सेमिफाईनलको यात्रा तय गरेको हो । सुरुवाती समयदेखी नै आक्रामक सैलीमा उत्रेको काकरभिट्टाले सुरुवातको १५ औँ मिनेटमा नगेन लिम्वुले गोल गर्दै आफ्नो टिम लाई अग्रता दिलाएका थिए ।
त्यस्तै काकरभिट्टाका एन्जल गुरुगं र नाईजेरीयन खेलाडी स्यामसुगले एक एक गोल गर्दै आफ्नो टिमलाई विजयी गराएका थिए । काकरभिट्टाले खेल अवधीभरी खेल आफ्नो नियन्त्रणमा लिएको थियो । मंगलवारेले पनि नाईजेरीयन खेलाडी उतारेतापनि मैदानमा राम्रो खेल देखाउन सकेन ।
खेलको म्यान अफ द म्याच  काकरभिट्टा फुटवल टे«निगं सेन्टरका नगेन लिम्बु घोषित भए । भोलीको खेल  न्यू स्टार सुनसरीका विरुद्ध चर्च ब्बोईज युनाईटेड काठमाडौबीच हुने आयोजकले जनाएका छन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा