खेलकुद

इटहरी प्रिमियर लिग क्रिकेटः इटहरी र विराटनगर विजयी

ध्रुव ढकाल । सुनसरी पुस २९ गते । सुनसरीको इटहरीमा जारी दोस्रो अण्डर १९ इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा आयोजक इटहरी क्रिकेट एकेडेमी बिजयी भएको छ । इटहरीले नेपालगञ्जलाइ ३ विकेटले पराजित दोश्रो चरणमा आफ्नो यात्रा तय गरेको छ ।

इटहरी स्थित डिभिएम स्कूलको खेलमैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालगञ्जले निर्धारित १७ ओभरको खेलमा ९ विकेट गुमाउदै ६० रन बनाएको थियो । नेपालगञ्जका लागी लवकुश यादवले नटआउट १५ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन ।

बलिङ तर्फ इटहरीका भुपाल लुइटेलले ३ विकेट तथा पवन सर्राफ र सोनु मण्डलले २–२ विकेट लिए । ६१ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको इटहरीले १२ दशमलव ३ ओभर खेल्दै ७ विकेटको क्षतिमा ६३ रन बनाएर लक्ष्य भेटाएका थिए ।

बलिङ तर्फ नेपालगञ्जका लवकुश यादव र अजय शहनीले ३–३ विकेट लिए । सो खेलको म्यान अफ द म्याच इटहरीका भुपाल लुइटेल घोषित भए ।

शनिबार नै भएको दोस्राे खेलमा बिराटनगरले धनगढीलाइ ९ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय २ रन बनाएको थियो ।

बिराटनगरका लागी फिर्दोश अन्सारीले सर्वाधिक ३४ रन बनाउदा अंकित सुबेदीले ११, दिपेश कंडेल र मुकुन्द यादवले १०–१० रन बनाए । बलिङ तर्फ धनगढीका सागर भण्डारीले २ विकेट लिए ।

१ सय ३ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको धनगढी १९ दशमलव १ ओभरमा ९३ रनमा समेटियो । धनगढीका लागी बशन्त कार्कीले सर्वाधिक ३५ रन, सागर भण्डारीले २१ र लोकेश बमले १० रन बनाए ।

बलिङ तर्फ बिराटनगरका म्यान अफ द म्याच फिर्दोश अन्सारीले २, बिवेक यादवले ३ र मिनश थापाले २ विकेट लिए । भोली आइतबारको पहिलो खेल आयोजक इटहरी र भैरहवा तथा दोसो्र खेल धनगढी र काठमाण्डौ बिच हुने आयोजकले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा