खेलकुद

इपीएलः पोखरा राइनोजलाई हराउँदै ललितपुर प्याट्रियट्स प्लेअफमा

काठमाडौ, ११ पुस । एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलको लिग चरणको अन्तिम खेलमा पोखरा राइनोजमाथि ६ विकेटको जित हासिल गर्दै ललितपुर प्याट्रियट्स प्लेअफमा पुगेको छ ।

पराजित भएको पोखरा पनि चौथो स्थानमा रहेर प्लेअफमा पुगेको छ । योसँगै ईपीएलको प्लेअफ समीकरण पूरा भएको छ । लिगको शीर्ष दुई स्थानमा रहेको विराटनगर वारियर्स र भैरहवा ग्ल्याडिएटर्सले क्वालिफायर्स राउण्ड खेल्नेछन् । यी दुईको बिजेता सिधै फाइनलमा पुग्नेछ ।

तेस्रो र चौथो स्थानमा रहेका ललितपुर र पोखराले इलिमिनेटर राउण्ड खेल्नेछन् । यी दुईको बिजेताले क्वालिफायर्स राउण्डमा पराजित हुनेसँग फाइनल प्रवेशका लागि खेल्नेछ । टियू मैदान कीर्तिपुरमा पोखराले दिएको १३३ रनको लक्ष्य ललितपुरले अन्तिम बलमा पूरा ग¥यो । कप्तान ज्ञानेन्द्र मल्लले इनिङको अन्तिम बलमा छक्का हान्दै टोलीलाई खेल जिताए ।

उनले अविजित २७ रन बनाए । पोखराले शानदार सुरुवात गरेको थियो । अ‍ोपनरहरु जयकिसन कोस्लावाला र शंकर रानाले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । कोस्लावालाले ५६ र रानाले ३५ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धा्रित ओभरमा ५ विकेट गुमाएर १३२ रन बनाएको थियो । उसका लागि सुनील धमलाले सर्बा्धिक ७० रनको अविजित पारी खेले ।

उनले एउटा एण्डबाट रन बनाउँदा अर्को एण्डबाट पोखराले विकेट गुमाइरह्यो । उसका लागि राजेश पुलामीले ३२ र बिनोद भण्डारीले १२ रन बनाएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा