खेलकुद

इपीएलमा आज पनि दुइ खेल हुँदै

काठमाडौ, १० पुस । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् ।
प्रतियोगिता अन्तर्गत काठमाडौं किंग्स इलाभेनले र विराटनगर वारियर्ससँगबीचको खेल जारी छ । विराटनगर वारियर्सले काठमाडौं किङ्स इलेभेनलाई जितको लागि १ सय ४८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रनको योगफल तयार ग¥यो । विराटनगरका लागि बाबर हायातले सर्वाधिक ६७ रनको योगदान दिए । अंशुमन रथ ३२ रनमा आउट भए भने कप्तान पारस खड्का २६ रनमा आउट भए ।

त्यस्तै अनिल शाह ९ रन र करण केसी ५ रनमा आउट भए । ओपनर आशिफ शेख शुन्य रनमा आउट भएका थिए । जितेन्द्र मुखियाको बलमा ६२ रनमा बाबर हायातको क्याच अक्षु फर्नान्डोले छुटाएका पनि थिए । काठमाडौंका सोमपाल कामी र अमरसिंह राउटेलाले समान २ विकेट लिए । कप्तान फरवेज महारुफ र जितेन्द्र मुखियाले एकएक विकेट लिए ।

यस खेलमा जित हात पारे लिग चरणमा विराटनगर अपराजित रहँदै प्ले अफमा पुग्नेछ । काठमाडौंले जित हात पारे आफ्नो प्ले अफमा पुग्ने सम्भावना यथावत राख्नेछ । काठमाडौं पराजित भएको खण्डमा लिग प्ले अफ पुग्नका लागि अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

आजै हुने दोस्रो खेलमा पोखरा राइनोजले भैरहवा ग्लाडिएटर्सको सामना गर्दै छ । लिगमा विराटनगर ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ भने २ अंकसहित काठमाडौं पाँचौ स्थानमा छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा