खेलकुद

इपीएल क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौ, १४ मंसीर । आगामी पुस तीन गतेदेखि सुरु हुने एभरेस्ट प्रिमियर लिग क्रिकेट प्रतियोगीताको खेल तालिका सार्वजनिक भएको छ ।

एभरेस्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको खेल तालिका अनुसार काठमाडौं किंग्स इलेभेन र ललितपुर प्याट्रियोट्सबीचको खेलबाट प्रतियोगिताको उद्घाटन हुनेछ ।

त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने दुई साता लामो प्रतियोगितामा नेपालभरबाट ललितपुर प्याट्रियोट्स, काठमाडौं किंग्स इलेभेन, चितवन टाईगर्स, भैरहवा ग्लाडियटर्स, विराटनगर वारियर्स र पोखरा राईनोज गरी ६ टोली सहभागी हुदैछन् ।

राउण्ड रोविन फर्मेटमा खेलाईने प्रतियोगिताको लागि प्रत्येक टोलीले दश÷दश खेलाडी छनौट गरिसकेका छन् । त्यसैगरि एक जना स्थानीय खेलाडी छनौटको प्रकृया ट्यालेन्ट हन्ट मार्फत सुरु भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा