खेलकुद

उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको छनोटको पहिलो खेलमा नेपाल बिजयी 

एजेन्सी,२ साउन । उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको छ ।
सिंगापुर क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले टस जितेर बलिङ गरेको हो । सुरुवाती व्याटिङमा आएको सिंगापुरले ७४ रनको लक्ष्य दिएको थियो । नेपालले १७ ओभर ३ बलमा ६ विकेट जादा लक्ष्य पूरा गरेको हो । नेपालका प्रनित थापामगरले २६ बलमा २३ रन, अनिल शाहले २२ बलमा १९ रन, रोहित कुमारले पौडेलले १२ बलमा ११ रन बनाए । नेपालका सन्दीप सुनार ९ बलमा १ रन साथै आशिफ शेख ५ बलमा ४ रन बनाउ“दा आउट भए । दुवै विकेट आर्यमन सुनिलले लिएका हुन् ।

नेपालको तेस्रो विकेट दिपेन्द्र सिंह ऐरी १२ बलमा २ रन बनाउआउट भए । नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै शाहब आलमले तीन र किशोर महतो दुई विकेट लिए । सिंगापुरका ब्रिगु ऐयरले ३९ बलमा ४२ रन बनाए । उनले ६ चौका र एक छक्का हाने । नेपालका लागि पहिलो विकेट किशोर महतोले सिंगापुरका रोहन रंगराजनलाई शून्यमै आउट गरेका हुन् ।

नेपाल दुई वर्षअघि बंगलादेशमा भएको १९ बर्षमुनिको विश्वकप क्रिकेटको क्वाटरफाइनलसम्म पुगेको थियो । त्यो प्रतियोगितामा राम्रो प्रदर्शन गरेका कारण नेपाल र अफगानिस्तानले यो छनोट प्रतियोगिता खेल्न पाएका हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा