खेलकुद

उपाधिका लागि दुई विभागीय टोली भिड्दै

काठमाडौं, २४ जेठ । सर्वाधिक पुरस्कार राशीको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी पुलिस र नेपाल पुलिस क्लव भिडने भएका छन् ।
मंगलबार भएको दोश्रो सेमिफाइनलमा आर्मीले पश्चिमाञ्चललाई चार विकेटले हराउदै पुलिससंगको उपाधी भिडन्त पक्का गरेको हो । किर्तीपुरस्थीत त्रिवी खेल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पश्चिमाञ्चलले ४९ ओभरमा झारीएको खेलमा नौ विकेट गुमाउदै दुई सय ३५ रन बनायो । पश्चिमाञ्चललाई बलियो लक्ष्य दिलाउन सौरभ खनाल र कृष्ण कार्कीले उत्कृष्ट साझेदारी गरे । जवाफमा आर्मीले ४८ ओभर दुई बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । १६ रनमा पहिलो विकेट गुमाएको आर्मीका लागि दोस्रो विकेटका रुपमा सागर पुन र अनिल मण्डलले एक सय आठ रनको साझेदारी गर्दै टिमलाई जित तर्फ अगाडी बढाएका थिए । पुलिसले यसअघि नै सशस्त्रलाई हराउदै फाइनलमा पुगिसकेको छ ।
प्रतियोगिताको विजेताले हालसम्मकै सर्वाधिक पुरस्कार राशी २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउनेछन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा