खेलकुद

उपाधिका लागि भारत र पाकिस्तान भिड्ने

काठमाडौं, २ असार । च्याम्पियन्स ट्रफि क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने भएका छन् । गएराति भको दोस्रो सेमिफाइलनमा बंगलादेशलाई ९ विकेटले हराउँदै भारतले पाकिस्तानसँगको फाइनल पक्का गरेको हो । बंगलादेशले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४० ओभर १ बलमा एक विकेटको क्षतिमा भेट्टायो ।

भारतलाई जिताउन रोहित शर्माले १ सय २९ बलमा अविजित १ सय २३ र विराट कोहलीले ७८ बलमा अविजित ९६ रन बनाए । शिखर धवनले ३४ बलमा ४६ रन बनाए । बंगलादेशका मसरफि मोरताजाले एक विकेट लिए । टस हारेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६४ रन बनाएको थियो ।

बंगलादेशका तमिम इकवालको ८२ बलमा ७० रन, मुस्फिकुर रहिमको ८५ बलमा ६१ रन, मसरफि मोरताजाले २५ बलमा ३० रन बनाए । भारतका भुवनेश्वर कुमार, जसप्रित बुम्राह र केदार ज्यादवले दुई दुई साथै रविन्द्र जडेजाले एक विकेट लिए । भारत र पाकिस्तानबिचको फाइनल खेल आइतबार हुनेछ । पाकिस्तान यस अघि नै आयोजक इंग्ल्याण्डमाथि ८ विकेटको जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा