खेलकुद

एएफसी फुटसल च्याम्पियनसिप, नेपाल ५–० ले पराजित

एजेन्सी, ३१ असाेज । इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनौटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

हिजो भएको खेलमा नेपाल किर्गिस्तानसग ५–० गोल अन्तरले पराजित भएको छ । यसअघिको अ‍ेलमा पनि नेपाल उज्वेकिस्तानसग १४–१ को फराकिलो हार व्यहोरेको थियो ।

पोउर सरिफ फुटसल हलमा भएको खेलमा नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल खाएको थियो । लगातार दुई खेल हारेको नेपाल अंक विहिन हुदै समुह ए को अन्तिममा परेको छ भने दुबै खेलमा जितेको किर्गिस्तान ६ अंक सहित शीर्ष स्थानमा छ ।

समुह ए को खेल अन्तर्गत आज नेपालले तुर्कमिनिस्तानसग खेल्दैछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा