खेलकुद

एएफसी यु–१६ छनोट खेलमा नेपाल–भारत भिड्दै

काठमाडौं, ६ असोज । एएफसी यू १६ छनोट अन्तर्गत आज नेपालले भारतको सामना गर्ने भएको छ । पहिलो खेलमा पराजय भोगेको नेपाल आजको खेलमा जित हासिल गर्ने दाउमा रहेको छ । नेपालले अघिल्लो चरण पुग्ने सम्भावना जीवित राख्न आजको खेल जित्नु बाहेकको विकल्प हुने छैन । बराबरी वा हारले टोली छनोट चरणबाट बाहिरिने लगभग पक्का हुनेछ ।
भारत पहिलो खेलमा प्यालेस्टाइनलाई ३–० ले हराउँदै सुखद सुरुआत गरेको थियो । नेपालले भने च्याम्पियनसिपको विजेता इराकसँग १–० ले गुमाएको थियो । हलचोकस्थित एपिएफको मैदानमा नेपाल र भारतको खेलअघि आज पहिलो खेल इराक र प्यालेस्टाइनबीच हुनेछ । नेपाल र भारतबीचको खेल ३ः३० बजे सुरु हुनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा