खेलकुद

एथ्लेटिकोसँग हारेपनि रियल फाइनलमा प्रवेश

उपाधिका लागि युभेन्टससँगको भिडन्त पक्का

काठमाडौं, २८ बैशाख । जारी च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज विहान भएको खेलमा पराजय व्यहोरे पनि रियल म्याड्रिड फाइनलमा प्रवेश गरेको छ । यो सँगै डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड १५ औं पल्ट च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो।

च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेल रियल म्याड्रिडले २–१ गोलले गुमाए पनि समग्रमा ४–२ को नतिजा निकाल्दै फाइनलको यात्रा तय गरेको हो । अब रियल म्याड्रिडले उपाधिका लागि युभेन्ट्ससँग भिड्नु पर्नेछ। यस अघि नै युभेन्ट्स फाइनलमा प्रवेश गरिसकेको छ । पेनिस क्लब रियल र इटालियन क्लब युभेन्ट्सबीच फाइनल भिडन्त कार्डिफमा ३ जुनमा हुनेछ।

विहिबार बिहान एट्लेटिको म्याड्रिडको घरेलु भिसेन्ट काल्डेरोन रंगशालामा भएको दोस्रो लेगको खेलमा रोनाल्डोले कुनै गोल गर्न सकेनन्। तर, ४१ मिनेटमा इस्कोले गोल गर्दै भ्रमणकारी रियल म्याड्रिडको फाइनल प्रवेशलाई सुनिश्चित पारे। एट्लेटिकोलाई जितका लागि थप ३ गोल गर्नु पर्ने दबाब थियो। किनकी गत साता भएको पहिलो लेगमा रियलले घरेलु मैदानमा ३–० गोलको अग्रता बनाएको थियो। त्यतिबेला क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गोल गरेका थिए।

आजको खेलमा एट्लेटिकोका लागि ग्रिजमनले उत्कृष्ट खेल प्रदर्शन गरे पनि आफ्नो टिमलाई फाइनलमा प्रवेश गराउन असफल भए।

खेलको स्थिति यस्तो थियो –

18448064_10207283903775550_633406946_n
गत साता आफ्नो घरेलु मैदानमा एट्लेटिको माथी रियलले ३–० गोलको अग्रता बनाएको थियो। त्यतिबेला क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गोल गरेका थिए। अन्तिम मिनेटमा वर्षाले खेल प्रभावित पारे पनि घरेलु टोलीले थप गोल गर्न सकेन् र अन्त्यमा प्रतियोगिताबाट बाहिरियो।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा