खेलकुद

‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको खेलाडी मनोनयन सार्वजनिक

काठमाडौ । नेपाली खेलकुदकै प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको खेलाडी मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले आज चार विधामा मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । वर्षका उत्कृष्ट पुरुष खेलाडी विधामा क्रिकेट टिमका कप्तान पारस खड्कासँगै क्रिकेटकै सन्दीप लामिछाने परेका छन् ।

त्यस्तै, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की रहेका छन् ।

त्यस्तै, वर्षका उत्कृष्ट महिला खेलाडी विधामा बक्सिङकी विमला श्रेष्ठ, ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ परेका छन् । वर्षका उत्कृष्ट युवा खेलाडीमा क्रिकेटका सन्दीप लामिछानेसँगै दिपेन्द्रसिंह ऐरी परेका छन् ।

त्यस्तै, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल मनोनयनमा परेका छन् । वर्षका उत्कृष्ट प्रशिक्षकमा क्रिकेटबाट दुई प्रशिक्षक परेका छन् । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक विनोद दास मनोनयनमा परेका छन् ।

त्यस्तै, फुटबलबाट छिरिङ लोप्साङ गुरुङ, बक्सिङबाट प्रकाश थापामगर र ब्याडमिन्टनबाट जयन्त कुमार श्रेष्ठ मनोनयनमा परेको खेलाडी छनौट समितिका संयोजक राजु घिसिङले बताउनुभयो ।

मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षकको विजेता घोषणा भने जेठ ३ गते अवार्ड कार्यक्रममै गरिनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा