खेलकुद

एन्जर्समाथि पीएसजीको शानदार जित

काठमाडाैं, १९ कार्तिक । फ्रेन्च लिग फुटबल लिग वानमा साबिकको बिजेता पेरीस सेन्ट जर्मेन (पिएसजी) ले फराकिलो जित निकालेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले एन्जर्समाथि ५ – ० को जित निकालेको हो ।
पिएसजीको जितमा एडिनसन काभानी र केलियन एमबाप्पेले समान दुई दुई गोल गर्दा जुलियन ड्राचलरले एक गोल गरे । एन्जर्सको घरेलु मैदानमा भएको खेलमा पिएसजीले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गरेको थियो । जितसँगै पिएसजीले आफ्नो शिर्षता समेत कायम राखेको छ ।
खेलको पाँचौ मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता बनाएको थियो । १४ औं मिनेटमा जुलियनले पिएसजीको अग्रता दोब्बर बनाए । खेलको ३० औं मिनेटमा काभानीले गोल गरेपछि पहिलो हाफमा पिएसजी ३ – ० ले अघि रह्यो ।
दोस्रो हाफको ६० औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीको अग्रता ४ – ० मा पुराए । त्यसपछि खेलको ८४ औं मिनेटमा एमबाप्पेले ब्यकिगत दोस्रो गोल गरेपछि पिएसजीले ५ – ० को फराकिलो जित निकाल्यो ।
यो जितपछि लिग लिडर पिएसजीले १२ खेलबाट ३२ अंक जोडेको छ । दोस्रो स्थानको मोनाकोको २८ अंक छ । मोनाकोले शनिबार राति गुइनगाम्पलाई ६ – ० ले पराजित गरेको छ । यस्तै लिगको तेस्रो स्थानको नान्टेसले २३ अंक जोडेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा