खेलकुद

एसिसी यू–१९ एसिया कपमा नेपाल द्धारा भारत पराजित

काठमाडौ, २६ कात्तिक । मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपाल द्धारा भारत पराजित भएको छ ।
कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनको मद्दतले नेपालले टेस्ट खेल्ने राष्ट्र भारतलाई १९ रनले हराउदै एसीसी यू–१९ एसिया कपमा ऐतिहासिक जीत हासिल गरेको छ । ऐरीले चार विकेट लिएपछि नेपाल प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४८.१ ओभरमा मात्र १ सय ६६ रनमा अलआउट हुन पुग्यो । ऐरीले १० ओभर बलिङ गर्दै दुई मेडनसहित ३९ खर्चेर चार विकेट लिए ।

उनलाई पवन शराफ र शहबाब आलमले २–२ विकेट लिएर राम्रो साथ दिए ।सन्दीप लामिछाने र कमल सिंहले १–१ विकेट लिए ।भारतले पहिलो विकेटका लागि ६५ रन बनाउँदै राम्रो शूरुवात गरेको थियो । तर, त्यसपछि भने लगातार विकेट गुमाउन शुरु गर्यो ।

ओपनर कप्तान हिमान्सु रानाले ४६ रन बनाए भने अर्का ओपनर मनोज कल्राले ३५ रन बनाए ।त्यसबाहेक अभिषेक शर्माले २७ रनको योगदान दिए ।यसअघि, नेपालले निर्धा्रित ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो ।

नेपालका लागि ऐरीले सर्वा्धिक ८८ रन बनाएका थिए । उनले १०१ बलमा ६ चौका र २ छक्को साथ उक्त योगफल बनाएका थिए । ओपनर जितेन्द्र सिंह ठकुरीले ३६ रन बनाए ।प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसँग निकै रोमाञ्चक खेलमा २ विकेटले पराजित भएको थियो ।

जीतँगै नेपालले अर्को चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा