खेलकुद

एसीसी यु–१९ एसिया कप–नेपाल पराजित

काठमाडाै, २५ कार्तिक । मलेसियमा जारी एसीसी यु नाइन्टिन एसिया कप अन्तर्गत समुह ए को पहिलो खेलमा नेपाल दुई विकेटले पराजित भएको छ । मलेसियाको किन्रारा एकेडमी स्टेडियममा भएको खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको बंगलादेशले ३९.५ ओभरमा आपल्नो लक्ष्य हासिल गरेको हो ।

नेपालले ४०.१ ओभर खेल्दा ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो । नेपालका लागि भिम सार्कीले तीन छक्का र दुई चौका प्रहार गर्दै सर्वाधिक ४४ रनको योगदान दिए । रोहित कुमारले दुई छक्का र दुई चौकाको साथमा ४० रन बनाउदा, असिफ शेखले ३० रन बनाए । बनिल शाहले १९ र कप्तान दिपेन्द्रसिंह एैरीले मात्र १२ रन जोडे ।

बंगलादेशका लागि नइम हसनले नेपालको तीन विकेट ढाले । हसन मुह्मद, काजी ओनिक र अफिफ होसेनले समान एक एक विकेट लिए । प्रतिकुल मौसमले प्रभावित खेल ४० ओभरमा खेलाईएको थियो ।

वर्षाले खेल प्रभावित भएपछि डिएल मेथोडबाट अंक समायोजन गर्दै बंगलादेशले १८१ रनको संसोधित लक्ष्य पायो । मौसम वा अन्य कुनै कारणबाट खेलमा बाधा परेमा अंक निर्धारनको लागि डिएल मेथोडको प्रगोग गरिन्छ ।

बंगलादेशको तर्फबाट नइम शेखले ५२ रनको अर्धसतकिय योगदान दिए । पिनाक घोशले २४, तोहिद ह्दोयले १५ रन बनाउदा कप्तान सैफ हसन भने १२ रन बनाउदै मैदानबाट बाहिरिए । अफिफ होसेनले ३३ रन, महिदुन स्लामले २३ रन बनाएका थिए ।

नेपालको लागि कमल सिंङ र सन्दिप लामिछानेले दुइृ दुई विकेट लिए । अनिल साह, दिपेन्द्र सिङ र किशोर महतोले एक एक विकेट लिए । योसँगै आजको खेलमा बंगलादेशलाई हराएर सेमिफाईनलमा छनौटको बाटो सहज पार्ने नेपालको सपनामा धक्का पुगेको छ । बंगलादेशसँगको अभ्यास खेलमा दुई हार र एक जित खेलेको नेपाल जितको निकट पुगेर पनि चुकेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा