खेलकुद

कन्फेडेरेशन कपको उपाधि जर्मनीले जित्यो

काठमाडौं, १९ असार । फिफा कन्फिडेरेशन कपको उपाधि जर्मनीले जितेको छ । विश्वकपको तयारीको रुपमा समेत हेरिने यो कपमा युवा खेलाडीहरुले भरिएको जर्मनीले फाइनलमा चिलीलाई १–० ले हराएर उपाधीमाथी कब्जा जमाएको हो ।
खेलमा जर्मनीको तर्फबाट २० औं मिनेटमा लार्स स्टिन्डले एका मात्र निर्णयक गोल गरेका हुन् । विजयी गोलसँगै स्टिन्ड कपको सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका छन् । उनले खेलेको ४ खेलमा ३ गोल गरेका छन् ।
जर्मनीका प्रशिक्षक जोचिम लोउले यस खेलको लागि युवा खेलाडीहरुलाई प्राथमिकतामा राखेका थिए । यसरी उपाधी नै उचालेपटि उनको थप चर्चा सुरु भएको छ । उनकै प्रशिक्षणमा रहेको जर्मनीले सन् २०१४ को विश्वकप उपाधी जितेको थियो ।
त्यस्तै, आईतबार तेस्रो स्थानको लागि भएको खेलमा पोर्चुगलले मेक्सीकोलाई हराएको छ । अत्यान्त नाटकिय खेलमा पोर्चुगलले तेस्रो स्थान कब्जा गरेको हो । पहिलो हाफ गोररहित बराबरीमा खेले पनि दोस्रो हाफमा पोर्चुगलका खेलाडी नेटोले आत्मघाती गोल गरेपछि युरोकप विजेता टोली दबाबमा आएको थियो । थपिएको इन्जुरी समयमा पेपेले गोल गरेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा आन्द्रेयन सिल्भाले गोल गरेपछि पोर्चुगल विजयी भएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा