खेलकुद

केन्यासँग नेपाल पराजित, अर्को खेल सोमबार हुने

काठमाडौ, २८ फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलमा नेपाल ५ विकेटले पराजित भएको छ । वर्षाका कारण पटक–पटक रोकिएर शुरु भएको खेलमा केन्याले २९ ओभरमा एक सय ४ रनको लक्ष्य पाएको थियो ।

तर २१ दशमलव २ ओभरमा केन्याले पाँच विकेटको क्षतिमा ८० रन बनाएको अवस्थामा खेल रोकिएपछि फेरि केन्याको डकवर्थ लुइस प्रणालीअनुसार लक्ष्य घटाइएको थियो । केन्याले २६ ओभरमा ९४ रनको नयाँ लक्ष्य पाएकोमा सजीलै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
केन्याका लागि कप्तान राकेप पटेलले ३४ तथा कोलिन्स ओबुयाले २४ रन बनाए । नेपालका सन्दिप लामिछाने र सागर पुनले समान दुई दुई तथा बसन्त रेग्मीले एक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा एक सय १२ रन बनाएको थियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले २७, दिपेन्द्र सिंह ऐरीले १९, सागर पुनले १०, बसन्त रेग्मीले ६, विनोद भण्डारीले ४, शरद भेषावकरले ३ तथा मेहबुब आलमले २ रन बनाए । त्यस्तै नेपालका बलर सोमपाल कामीले नटआउट १८ र शक्ति गौचनले नटआउट १५ रन बनाएपनि खेल केन्याको पक्षमा पुगेको हो । केन्याका शेम एगोचेले तीन तथा नेलशन आधिएमबोले दुई विकेट लिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा