खेलकुद

कोप्पा इटालीयाको उपाधि चौथो पटक पनि जित्यो युभेन्टसले

काठमाडौं, २७ बैशाख ।  युभेन्टसले लगातार चौथो पटक कोप्पा इटालीया फुटबलको उपाधि जितेको छ ।  बुधबार राति भएको फाइनलमा एसी मिलानलाई ४ – ० ले हराउदै युभेन्टसले लगातार चौथो सिजन उपाधि जितेको हो ।

ओलम्पिक स्टेडियममा भएको फाइनलमा युभेन्टसलाई जित दिलाउन मेधी बेनाटियाले दुई गोल गरे । यस्तै डुग्लास कोष्टाले एक गोल गर्दा युभेन्टसले एक गोल आत्मघाती उपहार पाएको थियो । एसी मिलानका निकोला कालिनिकले आत्मघाती गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक बनेको फाइनलमा युभेन्टसलाई जित निकाल्न दोस्रो हाफसम्म कुर्नु परेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा बेनाटियाले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाए । खेलको ६१ औं मिनेटमा कोष्टाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा एकतर्फी खेल खेलेको युभेन्टसले ६४ औं मिनेटमा बेनाटियाको व्यक्तिगत दोस्रो गोलबाट ३ – ० को अग्रता बनायो । त्यसपछि खेलको ७६ औं मिनेटमा एसी मिलानका कालिनिकले आत्मघाती गोल गर्दा युभेन्टसले ४ – ० को फराकिलो जित निकाल्दै उपाधि आफ्नो बनायो ।

कोप्पा इटालीयामा लगातार चार सिजनको उपाधि जित्ने युभेन्टस एक्लो टोली हो । युभेन्टसले हालसम्म १३ औं पटक कोप्पा इटालीयाको उपाधि जितिसकेको छ । र, युभेन्टस सर्वाधिक पटक कोप्पा इटालीया जित्ने एक्लो क्लब समेत हो ।

युभेन्टस यो सिजन इटालियन सिरी ए फुटबलको उपाधि नजिक पनि रहेका छन् ।  युभेन्टसलाई उपाधि जित मात्र १ अंकको आवश्यकता रहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा