खेलकुद

क्रिकेट रंगशाला निर्माणका लागि चितवन उपयुक्त

चितवन,२१ चैत । भरतपुर महानगरपालिका–२० स्थित चित्रवन रंगशाला परिसरको अवलोकन तथा निरीक्षणपछि धुर्मुसले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि खेल मैदानको हिसाबले उपयुक्त भएको बताए ।

उनले अहिले रंगशालाका लागि सम्भावित स्थानहरुको अवलोकन र निरीक्षण गरिरहेको भन्दै छिट्टै स्थान छनौट गरिने बताए । उनले भने, “आईसीसीको नियम हामीले पछ्याउनुपर्छ । क्रिकेट टेक्निकल गेम भएकाले सबै अध्ययनपछि मात्रै काम अगाडि बढाउँछौं ।”

भरतपुर महानगरपालिकाले गरेको जग्गा उपलब्ध गराउने निर्णय स्वागतयोग्य भएको भन्दै उनले थपे, “भरतपुरले जग्गा दिने घोषणालगत्तै हामी चितवन आइपुग्यौं । महानगरको पत्र पाउनुभन्दा अगाडि नै हामी यहाँको जग्गा अवलोकन गर्न आइपुगेका हौँ ।”

उनले रंगशाला निर्माण समिति बनिसकेकोले सम्बन्धित निकाय, विज्ञ र प्राविधिकको रायसल्लाह र सुझावअनुसार नै रंगशाला निर्माणस्थलको टुंगो लगाउने बताए ।
उनले भने, “अहिले हामी जग्गामात्रै निरीक्षण गरिरहेका छौं । रुपन्देहीको सिद्धार्थ रगंशाला, सैनामैनाको मैदान हेरेर चितवन आएका हौं, अब हेटौंडाका केही स्थान पनि हेर्छौं ।”

कलाकार धुर्मुसले मानसिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनिसकेको बताउँदै रंगशाला साच्चिकै बन्ने र समयमै बन्नेमा ढुक्क हुन आग्रह गरे । नीतिगत काम सकिएपछि शिलान्यासको उद्घाटनको मिति तोक्ने उनको दाबी थियो ।

उनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण भएपछि भगवान् गौतमबुद्ध नेपालमा जन्मिएको भनेर प्रचार गरिरहन नपर्ने बताए । उनले भने, “अन्तर्राष्ट्रिय रगंशालाको नाम नै ‘लर्ड बुद्ध क्रिकेट स्टेडियम’ राखिएकोले यही नामले विश्वमा चिनाउने छ ।”

आफूहरु नमुना रगंशाला निर्माणमा जुटेकोले करिब दुई सयदेखि तीन सय रोपनीसम्मको जग्गा खोजी गरिहेको बताए ।

जग्गा अवलोकन तथा निरीक्षणका लागि धुर्मुससहितको टोलीमा निस्किएका नेपाल इन्जिनियर एशोसिएसनका उपमहासचिव रविभूषण झाले चितवनको मैदान अहिलेसम्मकै उत्कृष्ट रहेको बताए ।

यसैबीच, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रगंशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई चाहेजति जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् ।

जग्गा अवलोकन तथा निरीक्षण गर्न आएको धुर्मुससहितको टोलीलाई महानगरमा स्वागत गर्दै आवश्यक जग्गा सजिलै उपलब्ध गराउन सकिने बताइन् । उनले भनिन्, “हामीले घोषणालगत्तै बोर्ड बैठकबाट अनुमोदन गरेका छौं, १० बिघा दिने निर्णय भइसक्यो, आवश्यक परेको खण्डमा जति पनि दिन सक्छौं ।”

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. fun family board games for adults says:

    What i don’t understood is in truth how you are now not really much more neatly-appreciated than you might be now. You are very intelligent. You know thus significantly on the subject of this subject, made me in my opinion believe it from a lot of varied angles. Its like men and women aren’t interested except it’s something to accomplish with Girl gaga! Your own stuffs nice. Always deal with it up!

    http://www.strategyboardgames.co.uk/gaia-project-game-review/

  2. https://www.pinterest.com/pin/845058317554751138/ says:

    Very informative blog article.Much thanks again. Want more.

    https://www.pinterest.com/pin/845058317554751138/

  3. websites for sale says:

    Thanks again for the blog article. Cool.

    https://docs.zoho.com/file/5gp8k7419047ee0074831a266ed9b4ff065fb

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा