खेलकुद

खेलकुदबाट राष्ट्र निर्माणको महाअभियानमा लाग्ने : मन्त्री विश्वकर्मा

कास्की। युुवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले क्रिकेट टोलिले हासिल गरेको उपलब्धि संस्थागत गर्न दीर्घकालीन योजनाका साथ लाग्ने बताउनुभएको छ ।

कास्कीमा भएको पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले अब खेलबाट खेलाडी निराश नहुनेगरी काम गर्ने जानकारी दिनुभयो । राष्ट्रका गहनाका रुपमा रहेका खेलाडिको जीविकोपार्जनमा देखिएका समस्यालाई समाधान गरी खेलाडीको सुरक्षित भविष्यबारे सरकारले ध्यान दिने उहाँको भनाई छ ।

खेलको विकासका लागि यससँग जोडिएका संघीय ऐन कानुनको तर्जुमा गर्नु पर्ने चुनौती रहेको भन्दै स्पष्ट नीति र योजनासहित खेलकुदबाट राष्ट्र निर्माणको महाअभियानमा लाग्ने मन्त्री विश्वकर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा