खेलकुद

गएराती भएको खेलमा भ्यालेन्सिया गेटाफेस“ग पराजित

एजेन्सी,१८ मँसिर । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत गएराती भएको खेलमा भ्यालेन्सिया गेटाफेस“ग पराजित भएको छ ।

लिग तालिकाको दोस्रो स्थानमा रहको भ्यालेन्सियाले गेटाफेस“ग एक शुन्यको पराजय व्यहोरेको हो । गेटाफेको घरेलु मैदान कोलीजियम एनफोन्सो प्रिज स्टेडियममा भएको खेलमा माउरो अरामबारीले ४ मिनेटको अज्तरालमा दोहोरो पहेलो कार्ड खा“दै मैदानबाट बाहिरिएका थिए । खेलको २५औं मिनेटमा १० खेलाडीमा समेटिएको गेटाफेको तर्फबाट ६६औं मिनेटमा मार्कल बेरगाराले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो ।

गेटाफेको जितले भ्यालेन्सियाको अपराजित यात्रामा पूर्णविराम लगाई दिएको छ भने भ्यालेन्सिया र बार्सिलोनाको अंक दुरी ५ अंकको बनेको छ । लिग तालिकामा लिग लिडर बार्सिलोनाको १४ खेलबाट ३६ अंक रहेको छ भने समान खेलबाट भ्यालेन्सििया ३१ अंक सहित दोस्रो र एट्लेटिको मड्रिड ३० अंकका साथ तेस्रो स्थानमा छ । गएरातीकै अर्को खेलमा भिलारियललाई लेगानिजले एकका बिरुद्ध तीन गोल अन्तरले पराजित गरेको छ ।

यता इबार र इस्पान्योलबीचको खेलमा इबार तीन एक गोल अन्तरले विजयी भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा