खेलकुद

च्याम्पियन्स ट्रफीको उपाधि पाकिस्तानको पोल्टामा

काठमाडौं, ५ असार । च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ ।  आइतबार बेलुका ओभरमा सकिएको खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई १ सय ८० रनले हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो ।

पहिलो पटकको फाइनल यात्रामै उपाधि जित्ने क्रममा पाकिस्तानले तीन सय ३९ रनको लक्ष्य पछ्याएको भारतलाई ३० दशमलव ३ ओभरमा मात्रै एक सय ५८ रन बनाउँदा अलआउट ग¥यो । पाकिस्तानका मोहम्मद आमिर र हसन अलीले समान तीन तीन तथा शादब खानले दुई विकेट लिए । भारतका हार्दिक पाण्डेयले ७६, युवराज सिंहले २२, शिखर धवनले २१ तथा रविन्द्र जडेजाले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान विराट कोहली पा“च तथा महेन्द्र सिंह धोनी मात्रै चार रन बनाएर आउट भए ।

रोहित शर्मा शून्य रनमा आउट भए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले फाखर जामनको एक सय १४ रनको मद्दतमा चार विकेटको क्षतिमा ३ सय ३८ रन बनायो । अजहर अलीले ५९ तथा बाबर हिजोमले ४६ रनको योगदान गरे । मोहम्मद हाफिजले नटआउट ५७ रन बनाएका थिए । योसँगै पाकिस्तानले भारतसँग समूह चरणमा बेहोरेको हारको बदला समेत लिन सफल भयो । समूह चरणको खेलमा भारतले समूह चरणको खेलमा पाकिस्तानलाई १२४ रनले पराजित गरेको थियो ।
यस्तै १८ बर्षपछि पहिलोपटक एकदिवसीय क्रिकेटको फाइनलमा पुगेको पाकिस्तानले च्याम्पियन्स ट्रफी जित्दै आफ्नो उपाधिको खडेरीमा पूर्ण्िबराम लगायो । पाकिस्तानले पछिल्लो पटक एकदिवसीय क्रिकेटको उपाधि सन् १९९२ मा जितेको थियो । सन् १९९९ को एकदिवसीय विश्वकपको फाइनलमा पुगेको पाकिस्तान त्यसपछि भने फाइनल पुग्न सकेको थिएन । यता, पाकिस्तानसँग पराजित भएपछि भारतको च्याम्पियन्स ट्रफीमा ह्याट्रिक गर्ने सपना अधुरो रह्यो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा