खेलकुद

च्याम्पियन्स लिगको फाइलन आज

एजेन्सी, २० जेठ । युरोपको प्रतिष्ठित प्रतियोगिता च्यापिन्यस लिग फुटबलको यो सिजनको उपाधिको फाइनल भिडन्त आज हुंदैछ ।

वेल्सको कार्डिफमा रहेको मिलेनियम रंगशालामा स्पेनको च्याम्पियन तथा साबिक विजेता रियल मड्रिड र इटालीको च्याम्पियन युभेन्टसबीच खेल हुन लागेको हो ।

युरोपियन कप र च्याम्पियन्स लिग गरी अहिलेसम्म ११ पटक उपाधि जितेको रियल मड्रिड यसपटक पनि उपाधि जित्दै च्याम्पियन्स लिगमा लगातार दोस्रो वर्ष उपाधि जित्ने पहिलो टिम बन्ने लक्ष्यमा छ ।

एसी मिलानले सन् १९८९ र १९९० मा उपाधि जितेपनि च्याम्पियन्स लिगका नामबाट अहिलेसम्म लगातार दुई वर्ष कुनै टिमले उपाधि जितेका छैनन् । रियल मड्रिडले गएको वर्ष घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिडलाई हराएर उपाधि जितेको थियो ।

यस्तै शनिबार मैदान उत्रदा इटालियन च्याम्पियन युभेन्टस चौथोपटक उपाधि उचाल्ने लक्ष्यमा हुनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा