खेलकुद

च्याम्पियन्स लिगमा पीएसजीका शानदार जित

काठमाडाैं, २ कार्तिक । च्याम्पियन्स लिगको समूह ‘बि’ अन्तर्गतको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बेल्जियमको एन्डरलेच्तलाई ४–० को फराकिलो गोल अन्तरले हराएको छ ।
पिएसजीले खेल सुरु भएको तीन मिनेटमै गोल गर्दै एन्डरलेच्तमाथि दबाब बनाएको थियो । पिएसजीका लागि एमबाप्पेले पहिलो गोल गरेका थिए । खेलको ४४ औँ मिनेटमा एडिन्सन काभानीले हेडमार्फत गोल गदै २–० को अग्रता बनाए ।
खेलको ६६ औँ मिनेटमा विश्वकै महंगा खेलाडीले पिएसजीका लागि तेस्रो गोल गरे । पिएसजीका अर्का खेलाडी एन्जेल डि मारियालो ८८ औँ मिनेटमा पिएसजीका लागि चौथो गोल गरे ।
समूह ‘बि’ मा तीन खेल जित्दै ९ अंकका साथ पिएसजी शीर्ष स्थानमा छ । पिएसजीले तीन खेलमा १२ गोल गरेको छ भने एक गोल पनि खाएको छैन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा