खेलकुद

टोटनह्यामले आर्सनललाई हरायो, चेल्सीलाई दबाब

एजेन्सी, १८ बैशाख । इंग्लिस प्रिमियर लिगको उपाधि जित्ने होडमा रहेको चेल्सीलाई टोटेनह्यामले कडा दबाब दिइरहेको छ। टोटनहमले आर्सनललाई २–० ले हराएपछि टोटेनह्यामले उपाधि होडमा प्रतिस्पर्धी बनेको हो । हारपछि आर्सनलको शीर्ष चारमा प्रिमियर लिग टुंगाउने सम्भावना कमजोर बनेको छ ।

टोटेनह्याम र आर्सनलबीचको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर, खेलको दोस्रो हाफमा आर्सनलले टोटनहमलाई रोक्न सकेन । डि अलिले ५५ औं मिनेटमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाए । पहिलो गोल भएको तीन मिनेटपछि नबित्दै ह्यारी केनले पेनाल्टीमार्फत दोस्रो गोल गरे । टोटेनह्यामले पुनः चेल्सीसँगको दुरीलाई ४ अंकमा झारेको छ ।

यसैबीच गएराति नै भएको अर्को खेलमा शीर्ष स्थानको चेल्सीले इभरर्टनलाई ३–० गोल अन्तरले हराएको छ । चेल्सीका लागि पेड्रोले ६६ औँ मिनेटमा, चहिलले ७९ औँ मिनेटमा र विलियनले ८६ औँ मिनेटमा गोल गरेका थिए । जितसँगै चेल्सीको ३४ खेलबाट ८१ अंक भएको छ । दोस्रो स्थानमा रहेको टोटेनह्यामको ३४ खेलबाटै ७७ अंक रहेको छ। यस्तै राति नै भएका अरु खेलमा म्यानचेस्टर युनाइटेड र स्वान्सी सिटीले एक एकको बराबरी गरेका छन् । मिडल्सवर्ग र म्यानचेस्टर सिटीले पनि दुई दुई गोलको बराबरी खेलेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा