खेलकुद

टोट्नह्याम वेष्ट ह्यामसग १–० ले पराजित

एजेन्सी, २२ बैशाख । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएरातको खेलमा टोट्नह्याम वेष्ट ह्यामसग १–० ले पराजित भएको छ ।
घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामका म्यानुएल ल्यान्जिनीले गोल गरेका थिए । पहिलो हाफमा गोलरहित बराबरी गएको खेलमा दोस्रो हाफ टोटनह्यामका लागि घातक बन्यो ।
पहिलो हाफमा टोटनह्यामका ह्यारी केन र एरिक डियरले गरेको प्रहार वेष्ट ह्यामका गोलरक्षक एड्रियनले सुन्दर बचाउ गरेका थिए ।

यो खेल जितेको भए टोटनह्यामले शीर्ष स्थानको चेल्सीसँगको अंक दूरी एकमा झार्ने थियो । लिगका तीन खेल बाँकी हु“दा टोटनह्यामको ७७ अंक भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा