खेलकुद

डिपिएल क्रिकेटः काठमाडाैँलाइ १ विकेटले हराउँदै धनगढी विजयी

काठमाडौं । धनगढी टिम चौराहाले धनगढी प्रिमियर लिग डिपिएल  क्रिकेटको फाइनलमा स्थान बनाएको छ। पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्समाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै धनगढीले फाइनलमा स्थान पक्का गरेको हो।

हारका बावजुद काठमाडौंले दोस्रो क्वालिफायरमा मौका पाउनेछ । एलिमिनेटरमा मंगलबार दिउँसो सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेडबीच खेल हुँदैछ। जित हात पार्ने टिमले काठमाडौं गोल्डेन्ससँग भिड्नेछ।

दोस्रो क्वालिफायरको विजेता र धनगढीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।काठमाडौंले दिएको १ सय २८ रनको लक्ष्य धनगढीले १ बल बाँकी छदा ९ विकेटको क्षतिमा पार गरेको हो।

बलिङतर्फ काठमाडौंका रसिद खान, साहब अलाम र सनी पटेलले २–२ विकेट लिए। ललित राजवंशी र सुवोध भाटीले १–१ विकेट हात पारे।

त्यसअघि धनगढीको प्रदेश प्रहरी कार्यालयको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १ सय २७ रन जोड्यो।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा