खेलकुद

डिपिएल क्रिकेटः काठमाडौं गोल्डेन्स फाइनलमा, धनगढीसँग भिड्ने

धनगढी । काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौं गोल्डेन्सले शुक्रबार हुने फाइनलमा टिम चौराह धनगढीसँग फाइनल खेल्नेछ। धनगढीकाे एसएसपी खेल मैदानमा टस हारेर ब्याटिङमा आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो ।

१४३ रनको विजय लक्ष्यसहित मैदान प्रवेश गरेकाे काठमाडौं गोल्डेन्सले १८.२ ओभरमा उक्त लक्ष्य भेट्टायो।

काठमाडौंको तर्फबाट सुबोथ भाटीले १८ बलमा ५२ रन बनाए । अमित श्रेष्ठले २६, कप्तान ज्ञानेन्द्र मल्लले २५ र भुपेन्द्र थापाले १५ रन बनाए । पुष्प थापा ९ मै अाउट हुँदा सन्नी पटेल र नरेश बुढाऐर नटआउट क्रमशः १ र ७ रन बनाए।

महेन्द्रनगरको तर्फबाट पुनित मेहराले २ विकेट लिए भने भुवन कार्की, पुनित विष्ट र रोबिन क्षत्रीले १/१ विकेट लिए।

यसअघि १० रनमा ६ विकेट गुमाएको महेन्द्रनगरको तर्फबाट पुनित महेराले ४२ बलमा ५८ रन बनाए भने आरिफ शेखले ३९ बलमा ४३ रन बनाए । करण केसीले २१ रन र  पुनित विष्टले ७ रन बनाउँदा कप्तान विनोद भण्डारी, आसिफ शेख, हरिसंकर साह, रोहित पौडेल र भुवन कार्की शुन्यमा आउट भए।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. https://twitter.com/aponkhan92961/status/975565468009316354 says:

    Im obliged for the post.Much thanks again. Will read on…

    https://twitter.com/aponkhan92961/status/975565468009316354

  2. pacote de cursos says:

    Very good post.Really thank you! Really Great.

    http://www.tiemposmodernos.org/tm3/index.php/tm/comment/view/10/19/242788

  3. tri-cities real estate says:

    Looking forward to reading more. Great blog.Thanks Again. Will read on…

    http://www.tri-cityherald.com/news/local/news-columns-blogs/article31757694.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा