खेलकुद

डिपिएल क्रिकेटः पहिलो खेलमा विराटनगर किङ्स विजयी

कैलाली । धनगढीमा जारी दोस्रो धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा धनगढी टिम चौराहालाई विराटनगर किङ्सले १८ रनले पराजित गरेको छ ।

आज धनगढीमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बिराटनगरले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २७ रनको स्कोर बनाएको थियो ।

बिराटनगरले दिएको १ सय २८ रनको लक्ष्य पछ्याँउदै जवाफी ब्याटिङ गरेको धनगढी निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९ रनमा समेटिएपछि बिराटनगर १८ रनले विजयी भएको हो ।

आजको अर्को खेल अन्तरगत रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड भिडिरहेका छन् । खेलमा रुपन्देही च्यालेन्जर्सले टस जितेर ब्याटिङ गरिरहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा