खेलकुद

डिपिएल क्रिकेटः रुपन्देहीलाई ४ विकेटले हराउँदै महेन्द्रनगर विजयी

कैलाली । धनगढीमा जारी दोस्रो धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट अन्तर्गत आजको दोश्रो खेलमा महेन्द्रनगर युनाइटेड ४ विकेटले विजयी भएको छ । रुपन्देही च्यालेन्जर्सले दिएको १ सय ४५ रनको लक्ष्य महेन्द्रनगरले ६ विकेटको क्षतिमा १८ दशमलव ५ ओभरमा भेटायो । महेन्द्रनगरका लागि विनोद भण्डारीले ५ चौका र २ छक्कासहित सर्वाधिक ६१ रन बनाए ।

यसअघि धनगढीको एसएसपी मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपनदेहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनाएपछि महेन्द्रनगरले १ सय ४५ रनको लक्ष्य पाएको हो ।

आजै पहिलो खेलमा धनगढी टिम चौराहालाई विराटनगर किङ्सले १८ रनले पराजित गर्यो । दोश्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बिराटनगरले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । बिराटनगरले दिएको १ सय २८ रनको लक्ष्य पछ्याँउदै जवाफी ब्याटिङ गरेको धनगढी निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९ रनमा समेटिएपछि बिराटनगर १८ रनले विजयी भएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. board games for 2 says:

    I am forever thought about this, thank you for posting.

    http://www.strategyboardgames.co.uk/some-heavy-duty-strategy-board-games/

  2. http://url.org/bookmarks/gloriaphilips/sexy20nude20models/ says:

    Really appreciate you sharing this article.Thanks Again. Really Great.

    http://url.org/bookmarks/gloriaphilips/sexy20nude20models/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा