खेलकुद

डिपीएलः विराटनगर किङ्स फाइनलमा

कैलाली, ६ बैशाख । बिराटनगर किङ्गस, धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनलमा शरद भेषावकरको टिम बिराटनगर किङ्ग्स्ले शक्ति गौचनको रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराएर फाईनलको यात्रा पक्का गरेको हो । टस जितेर ब्याटिङ रोजेको बिराटनगर किङ्गसले २० ओभरमा १ सय २८ रन बनाएको थियो ।

जवाफमा मैदान उत्रिएको रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । उसका लागि विक्रम शोवले २३ र पुष्प थापाले २२ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । रुपन्देहीलाई सस्तैमा समेट्ने क्रममा सुशील कडेलले ४ ओभरमा १५ रन खर्चिएर ४ विकेट लिए ।

सन्दिप लामिछानेले २ विकेट लिए भने पवन शर्राफ, जितेन्द्र मुखिया, दिपेन्द्र सिंह ऐरी र प्रकाश विष्टले समान एक एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बिराटनगर किङ्गसले २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । उसका लागि आशिफ शेखले ३६ रनको महत्वपूर्ण पारी खेले भने शरद भेषवाकरले २४ र पवन शरार्फले १५ रनको योगदान दिए ।

रुपन्देहीका शक्ति गौचनले २ र दिपेश श्रेष्ठले २ विकेट लिए । फाईनल प्रवेशका लागि रुपन्देहीले अझै एक मौका पाउनेछ । उसले फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र धनगढी टिम चौराहको बिजेतासंग खेल्नेछ । यो खेलको विजेताले फाइनलमा खेल्ने मौका पाउने छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा