खेलकुद

डिभिजन–२ क्रिकेटः नेपाल र क्यानडा भिड्दै

काठमाडौं, २ फागुन । नामिवियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को अन्तिम खेलमा आज नेपालले क्यानडाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेपछि हुनेछ ।

डिभिजन २ को शीर्ष दुईमा स्थान बनाउन नेपालले आजको खेल जित्नैपर्ने दबाब रहेको छ । क्यानडासँग पराजित भएको खण्डमा नेपाल डिभिजन–२ मै रहनेछ । मंगलबार आयोजक नामिवियाले केन्यालाई पराजित गरेपछि नेपाल नेटर रन रेटमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ ।

बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली टोलीको ब्याटिङ पक्ष भने निकै खराव देखिएको छ । नेपालले आजको खेलमा जित हात पार्न ब्याटिङमा सुधार गर्नुपर्ने आवश्यक छ ।
नेपालले खेलका चार खेलमध्ये पहिलो खेलमा आयोजक नामिवियालाई १ विकेटको जित हात पारेको थियो भने दास्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै तस्रो खेलमा यूएईविरुद्ध ४ विकेटको जित हात पारेको नेपालले केन्याविरुद्ध पनि ३ विकेटको जित हात पारेको थियो ।

यता, क्यानडाले डिभिजन–२ मा उच्च प्रदर्शन गरिरहेको छ । क्यानडाले आफ्नो पहिलो खेलमा ओमानलाई ८ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा युएईंलाई २३ रनले पराजित गर्दा केन्यालाई ५९ रनले पराजित गरेको थियो ।
नामिवियासँग भने १७ रनले पराजित भएको थियो । एक दिवसीय क्रिकेटमा नेपाल र क्यानडाले मात्र दुई खेल खेलेका छन् । दुवै टोलीले समान १–१ खेल जितेका छन् । २०१४ को विश्वकप छनोटमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो । तर, २०१५ को डिभिजन–२ मा नेपालले बदला लिँदै क्यानडामाथि ७ विकेटले हराएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. P2000 says:

    Youre so cool! I dont suppose Ive read anything like this before. So nice to find any individual with some authentic ideas on this subject. realy thank you for beginning this up. this website is something that is wanted on the internet, someone with a little originality. useful job for bringing one thing new to the internet! http://www.p2000.in/

  2. Neerslag says:

    There is noticeably a bundle to know about this. I assume you made sure good points in options also.

  3. A formidable share, I simply given this onto a colleague who was doing just a little analysis on this. And he in reality bought me breakfast as a result of I discovered it for him.. smile. So let me reword that: Thnx for the treat! However yeah Thnkx for spending the time to debate this, I feel strongly about it and love studying extra on this topic. If possible, as you develop into expertise, would you mind updating your blog with more particulars? It’s extremely helpful for me. Large thumb up for this blog publish!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा