खेलकुद

डीपीएलको उपाधि कस्को पोल्टामा, काठमाडौं कि धनगढी ?

काठमाडौं, ३० चैत । धनगढीमा जारी दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि काठमाडौं गोल्डेन्सल र टिम चौराहा धनगढी भिड्दैछन् ।

हिजो भएको दोस्रो सेमिफाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै काठमाडौं फाइनलमा प्रवेश गरेको हो । धनगढी यस अघिनै फाइनलमा प्रवेश गरिसकेको थियो । हिजोको खेलमा गोल्डेन्सले टस हारेर ब्याटिङमा आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो ।

१ सय ४३ रनको विजय लक्ष्यसहित मैदान प्रवेश गरेको काठमाडौं गोल्डेन्सले १८.२ ओभरमा उक्त लक्ष्य भेट्टायो । काठमाडौंको तर्फबाट सुबोथ भाटीले १७ बलमा ५२ रन बनाए ।

अमित श्रेष्ठले २६, कप्तान ज्ञानेन्द्र मल्लले २५ र भुपेन्द्र थापाले १५ रन बनाए । महेन्द्रनगरका लागि पुनित मेहराले २ विकेट लिए भने भुवन कार्की, पुनित विष्ट र रोबिन क्षत्रीले १÷१ विकेट लिए । यसअघि १० रनमा ६ विकेट गुमाएको महेन्द्रनगरको तर्फबाट पुनित महेराले ५८ रन बनाए भने आरिफ शेखले ४३ रन जोडे ।

करण केसीले २१ रन र पुनित विष्टले ७ रन बनाउँदा कप्तान विनोद भण्डारी, आसिफ शेख, हरिसंकर साह, रोहित पौडेल र भुवन कार्की शुन्यमा आउट भएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. https://www.plurk.com/gloriaphilips says:

    wow, awesome blog article.Really looking forward to read more. Cool.

    https://www.plurk.com/gloriaphilips

  2. sell your website says:

    I truly appreciate this blog article.Thanks Again. Much obliged.

    https://buysellempire.tumblr.com/post/168283495455/buysell-empire-sell-website

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा