खेलकुद

डीपीएल क्रिकेट .महेन्द्रनगर युनाइटेडले विराटनगर किङ्ग्ससामु १ सय ६९ रनको लक्ष्य प्रस्तुत

कैलालि । धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट अन्तर्गत दोश्रो खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किङ्ग्ससामु १ सय ६९ रनको विजयी लक्ष्य पेश गरेको छ ।

धनगढीको एसएसपी मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको महेन्द्रनगरले पुरै २० ओभरमा ५ विकेट गुमाउ“दै १ सय ६८ रन बनाएको हो । महेन्द्रनगरका लागि पुनित मेहराले नटआउट सर्वाधिक ३८ रन बनाए ।

त्यस्तै विनोद भण्डारीले ३५ रन, आरिफ शेख २० रन , भारतीय खेलाडी पुनित विष्टले २४ रन बनाए । त्यस्तै आसिफ शेख ९ रनमा आउट हु“दा हरिशंकर शाह १९ रन बनाए भने रोहितकुमार पौडेलले नटआउट ९ रन जोडे । विराटनगरका लागि पारस खड्काले १ विकेट हात पारे भने मञ्जित श्रेष्ठले २ विकेट लिए । केहीवेरमा विराटनगरले जवाफी व्याटिङ गर्नेछ ।

यसअघि आजै भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सविरुद्ध सिवाइसी अत्तरियाले ९ विकेटको जित हात पारेको छ । रुपन्देही च्यालेन्जर्सले दिएको ६२ रनको लक्ष्यसहित मैदानमा उत्रिएको सिवाइसी अत्तरियाले ७ ओभर ३ बलमा १ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो ।

अत्तरियाको जितका लागि गौरव चित्काराले ३० रन बनाए भने सुवाश खकुरेलले १९ र प्रेम तामाङले १४ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही १५ ओभरमा मात्र ६१ रनमा अलआउट भयो । रुपन्देहीका लागि सुफियान मेहमुदले २० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. https://twitter.com/nayem9296/status/975565435591471104 says:

    Thanks so much for the article post.Really looking forward to read more. Much obliged.

    https://twitter.com/nayem9296/status/975565435591471104

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा