खेलकुद

डीपीएल क्रिकेट : रुपन्देहीविरुद्ध अत्तरिया ९ विकेटले विजयी 

काठमाडौं, १८ चैत । धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट अन्तर्गत आज भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सविरुद्ध सिवाइसी अत्तरियाले ९ विकेटको जित हात पारेको छ ।

रुपन्देही च्यालेन्जर्सले दिएको ६२ रनको लक्ष्यसहित मैदानमा उत्रिएको सिवाइसी अत्तरियाले ७ दशमलव ३ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । अत्तरियाको जितका लागि सुवाश खकुरेलले १९ रन बनाएका थिए भने प्रेम तामाङले १४ रन बनाएका थिए । त्यस्तै, अर्का खेलाडी गौरव चित्काराले १३ बलको सामना गर्दै ३० रन बनाएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही १५ ओभरमा मात्र ६१ रनमा अलआउट भयो ।

रुपन्देहीका लागि सुफियान मेहमुदले २० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रदीप ऐरी, सागर पुन र सुसन भारी शुन्यमा आउट भएको खेलमा विक्रम भुसाल र शक्ति गौचनले आठ आठ, जितेन्द्र मुखियाले ७ र दिपक प्रसादले ५ रन बनाए । अत्तरियाका कमल सिंह ऐरीले ४ तथा शुभाङ्कर उराउले ३ विकेट लिएपछि रुपन्देहीका ब्याट्स्म्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

त्यस्तै दोश्रो खेलमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सबीच खेल हुँदैछ । विराटनगर राष्ट्रिय टिमका कप्तान पारस खड्काको कप्तानीमा छ भने महेन्द्रनगरका कप्तान विनोद भण्डारी हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. board games for two says:

    I like what you guys are up also. Such smart work and reporting! Carry on the excellent works guys I’ve incorporated you guys to my blogroll. I think it’ll improve the value of my web site :).

    http://www.strategyboardgames.co.uk/play-game-thrones-monopoly-video-guide/

  2. http://gloriaphilips.soup.io/post/649184903/Sexy-nude-models-live-free-on-webcam says:

    I think this is a real great post.Really thank you! Cool.

    http://gloriaphilips.soup.io/post/649184903/Sexy-nude-models-live-free-on-webcam

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा