खेलकुद

तिलोत्तमा गोल्डकपमा संकटा क्लव वीजयी

बुटबल, १६ फागुन । बुटवलमा जारी १९औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा संकटा क्लव बिजयी भएको छ ।
सशस्त्र प्रहरीको बिभागीय टिम एपिएफलाई १ का बिरुद्ध २ गोलले पराजित गर्दै संकटा क्लवले सेमिफाईनलको यात्रा निश्चित गरेको हो । खेलको ४७औं मिनेटमा संकटा क्लवका लागि मार्टिनले एक गोल गरि आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै एपिएफका रबि थिङले खेलको ७८औं मिनेटमा १ गोल फर्काएर बराबरीमा पुराएका थिए ।
निधार्रित ९० मिनेटको समयमा दुबै तर्फबाट १÷१ गोल भएपछि थप गरिएको २० मिनेटको समयमा संकटाका तर्फबाट कोन माउसले १ गोल गरि जित सुनिश्चित गरेका थिए । आजको खेलमा संकटा क्लवका कोन माउस म्यान अफ दि म्याच बन्न सफल भएका छन । मंगलबार नेपाल आर्मीको त्रिभुवन क्लव र धरान फुटबल क्लवबिच खेल हुनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा