खेलकुद

डिपिएल क्रिकेट : टिम चौराह तीन विकेटले विजयी

धनगढी । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा टिम चौराह धनगढी विजयी भएको छ । आज भएको खेलमा टिम चौराहले सिवाइसी अत्तरियालाई तीन विकेटले पराजित गरेको हो ।

टिम चौराहले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गर्न आएको अत्तरियाले निर्धारित २० ओभरको खेलमा आठ विकेटको क्षतिमा १५० रन बनायो । एक सय ५१ रनको विजयी लक्ष्यलाई टिम चौराहले १९ दशमलव २ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्यो ।

टिम चौराहका लागि कप्तान सोमपाल कामीले अविजित ३९ रन बनाए । उनले १५ बलमा तीन छक्का र तीन चौका प्रहार गरे । रोहान मुस्तफाले ४० रन बनाए । उनले ४२ बलमा एक छक्का र तीन चौका हाने । राजेश पुलामी मगरले २१ रन बनाए ।

बलिङतर्फ अत्तरियाका शुभंकर उराव र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए ।यसअघि ब्याटिङ गरेको सिवाइसी अत्तरियाका लागि प्रेम तामाङले २८ रन बनाए । उनले २९ बलमा दुई छक्का प्रहार गरे ।

विपिन चन्द्रले अविजित २८, कुशल भुर्तेलले २५, कप्तान दीपेन्द्रसिंह ऐरीले १९, कृष्ण कार्कीले १४, सुवास खकुरेल र गौरव चितकाराले समान १३/१३ रन बनाए ।बलिङतर्फ टिम चौराहका ललितसिंह भण्डारीले तीन, रोहान मुस्तफाले दुई तथा सम्साद शेख र सोमपाल कामीले एक/एक विकेट लिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. good apps for downloading music says:

    I’ve been exploring for a little bit for any high-quality articles or weblog posts in this kind of area . Exploring in Yahoo I ultimately stumbled upon this site. Reading this info So i’m happy to convey that I have a very just right uncanny feeling I discovered just what I needed. I such a lot certainly will make certain to don’t forget this web site and provides it a glance on a continuing basis.

    http://www.mp3fiesta.net

  2. https://article.wn.com/view/WNATcf1bb9329efc9cadf856ce35b95764e2/ says:

    Thanks again for the article post. Keep writing.

    https://article.wn.com/view/WNATcf1bb9329efc9cadf856ce35b95764e2/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा