खेलकुद

धरानलाई हराउँदै रुपन्देही ११ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

बुटबल, १५ फागुन । तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा आयोजक रुपन्देही ११ विजयी भएको छ ।
धरान फुटबल क्लवलाई १ का बिरुद्ध २ गोलले पराजित गर्दै रुपन्देही ११  विजयी भएको हो । रुपन्देही ११ का लागि लक्ष्मण रुचालले पहिलो हाफ्को शुरुआतमै ११ औं मिनेटमा पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
अर्को गोल अजय बिकले ३७ मिनेटमा गरेर बिजय यात्रा सुनिश्चित गरेका हुन् । उता धरान फुटबल क्लवका लागि कुनै खेलाडीले गोल फर्काउन सकेनन् ।
तर रुपन्देही ११ का जर्सि नम्बर ४ का कालु थापाले आत्मघाती गोल गर्न पुगेका कारण नतिजा २–१ को रह्यो । भोलि बिभागिय टिम एपिएफ र संकटा क्लव काठमाडौं बिच हुने छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा