खेलकुद

नयाँ नेतृत्वसँगै एन्फाले गति लियो

विरेन्द्र जैरु । काठमाडौ । २३ बर्षदेखि गणेश थापाको छत्रछायाँबाट हुकिएको एन्फाले नयाँ नेतृत्व पाएपछि गति लिन थालेको छ । नयाँ नेतृत्वले पदभार ग्रहण गरे लगत्तै फुटबलका लागि अत्यन्तै महत्वपुर्ण ठानिने तर नेपालमा चार बर्षदेखि हुन नसकेका लिग प्रतियोगिता तत्कालै संचालन गर्ने निर्णय गरेको छ । अध्यक्ष कर्मा छेरिङको यो प्रस्तावलाई एन्फाकोे पहिलो बैठकले अनुमोदन गर्दै १० दिनभित्र लिगको ढाँचा र मिति तय गर्न राष्ट्रिय लिग कमिटी समेत गठन गरेको छ ।

यस्तै मोफसलका प्रतियोगितालाई व्यवस्थीत गर्ने, जिल्ला, प्रदेश र केन्द्रीयस्तरका फुटबल गतिविधिहरु तदारुकताका साथ अगाढी बढाउन पनि नयाँ नेतृत्व अग्रसर देखिएको छ ।

जसको कार्यान्वयनका लागी खेलाडी, प्रशिक्षक, रेफ्रि र महिला फुटबल संघहरु समेत छलफलमा जुटेका छन् । तत्कालै महिला फुटबल प्रतियोगितालाई निरन्तरता दिइने गरी निर्णय भएको छ । यस्तै ग्रासरुट लेबलवाटै महिला खेलाडी उत्पादन गर्नेमा पनि एन्फाले जोड दिने छ ।

मोफसल हुने प्रतियोगिताबाटै जीवन धानिरहेका खेलाडीहरु एन्फाको पहिलो बैठकको निर्णय सुनेपछि उत्साहित भएका छन । उनिहरुले नजिकिदै गरेको १३ औ एसीयाली खेलकुद प्रतियोगिताका लागि पनि ध्यान दिन एन्फालाई आग्रह गरेका छन ।

नयाँ नेतृत्वको चार वर्षे कार्यकालमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताका लागि उत्कृष्ट खेलाडी पनि उत्पादन गर्नुपर्ने छ । यसका लागी फुटबलको विकासका लागि गरिएका निर्णय कागजमा मात्र नभई तत्काल कार्यान्वयन गर्न पनि आवश्यक छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा